• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

कमेडियन अपूर्वक्षितिजमाथि ज्यादती भयो, अति नगरौं: रवीन्द्र मिश्र

खबरमुकाम। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रवीन्द्र मिश्रले स्ट्यान्डअप कमेडियन अपूर्वक्षितिज सिंहमाथि ज्यादती भएको टिप्पणी गरेका छन्।

बिहीबार आफ्नो  सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेख्दै उनीमाथि ज्यादती भएको र अति गर्न नहुने बताएका हुन।

 

'‘अति नगरौं! जातीय भावना/सद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिजको घटना,जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाति फुलाएर, नेता भएर हिँडेका छन्। अपूर्व क्षितिजले माफी मागि सके। युट्युबबाट कमेडी हटाइसके। तैपनि उनीमाथि यो ज्यादती! अति नगरौं। समाज यसरी विग्रियो भने त्यसको रापमा हामी/हाम्रै सन्तान खरानी हुनेछन्, अन्य कयौँ देशमा जस्तै।’' उनले लेखेका छन। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै