• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

नारायणी नदीले खतराकाे तह पार गर्‍याे, गण्डक ब्यारेजका कति ढाेका खाेलियाे ?

खबरमुकाम । लगातारको वर्षाका कारण त्रिवेणीमा रहेको गण्डक ब्यारेजमा नारायणी नदीको जल सतहले खतराको तह पार गरेको छ । तीन लाख क्युसेक पानीलाई खतराको तह मानिने गण्डकमा दिउँसो ३ बजेको मापनअनुसार जल सतह तीन लाख चार सय क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय ९नवलपरासी–बर्दघाट सुस्ता पूर्व० नवलपुरका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले बताए । 

नारायणी नदीमा पानीको सतह बढेपछि प्रहरीले मध्यविन्दुको कोल्हुवा र त्रिवेणी, गैँडाकोट क्षेत्रमा सचेत रहन माइकिङ गरेको छ । गण्डक ब्यारेजमा पानीको सतह चेतावनीको तह पार गरेपछि यसअघि नै ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ । पानीको सतह बढेसँगै बिहान १० बजेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको प्रहरी प्रमुख तिवारीले जानकारी दिए ।

अविरल वर्षाका कारण हुन सक्ने क्षति न्यूनीकरण तथा आपत्कालीन उद्धारका लागि जिल्लाभित्रका सबै सुरक्षा फोर्स उद्धार सामग्रीसहित तयारी अवस्थामा बसेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै