
खबरमुकाम। चलचित्र वा टेलिभिजन स्क्रिनमा देखिएका कलाकार तथा प्रस्तोता आकर्षक देखिन्छन् ।उनीहरूको छालाको सुन्दरताले हरेकलाई प्रभावित पार्छ । यस्तोमा प्राय मानिस सेलिब्रेटी झै सुन्दर देखिन खोज्छन् ।तर सुन्दर बन्न के गर्नुपर्छ त्यसको जानकारी नहुँदा वा उपाय नजान्दा कतिपयले आफूलाई आकर्षक बनाउन सकिरहका हुदैँनन् ।
.यसका लागि हामी केही टिप्सहरु दिदैछौ जसलाई अपनाएर तपाई पनि आफ्नो छाला सुन्दर पार्न सक्नुहुन्छ ।
यसो गर्नुहोस् ।
– छालालाई सफा तथा चम्किलो देखाउन नियमित रुपमा क्लिन्जिङ गर्नुपर्ने हुन्छ । यसले छालामा निखार ल्याउँछ । क्लिन्जिङले छालाबाट धुलो निकाल्न मद्दत गर्दछ र छालालाई अतिरिक्त चिल्लो प्रदान गर्दछ ।
– छालाको सुन्दरता बढाउन नियमित टोनिङ र मस्चुराइजिङ गर्नुपर्दछ। टोनरले तेललाई निकालेर पोर्स बन्द गर्छ तर टोनरमा गुलाब जल मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ । गुलाब जलले भन्दा छालालाई सुन्दर बनाउने अरु टोनर त्यति उपयोगी हुँदैन ।
– हरेक साता अनिवार्य एकपटक स्क्रबिङ गर्नु पर्दछ । यसले अनुहारमा रहेको मृत छालालाई निकाल्ने काम गर्दछ । स्क्रबिङका लागी ओलिभ आयलमा थोरै चिनि हाली स्क्रब गर्दा यसले छालालाई लाभ गर्दछ ।
– यदि छालामा चमक छैन भने भिटामिन सी सोरमले मसाज गर्नु पर्दछ । भिटामिन सी सोरमले छालामा चमकपना ल्याउन मद्दत गर्दछ । भिटामिन सी सोरम कुनै पनि कष्मेटिक पसलमा सजिलै पाउन सकिन्छ ।
– छालालाई नरम बनाउन नरिवल तेलले अनुहार मालिस गर्नु पर्दछ । दैनिक राती सुत्नु अघि यसो गर्दा छाला नरम हुने गर्दछ ।
– छाला सुन्दर बनाउन छालाको सुरक्षामा पनि ध्यान दिनुपर्छ । बाहिर निस्कँदा सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । यसले छालामा पर्ने सूर्यको यूभी किरणबाट बचाउने गर्दछ ।
– छाला सुन्दर बनाउन सन्तुलित तथा भिटामिनयुक्त आहार खानुपर्छ । दैनिक फलफूल तथा सागपातको सेवन गर्नुपर्छ । दैनिक ३ लिटर पानी पिउने बानी बसाउनु पर्दछ । साथै पर्याप्त निदाउने गर्नुपर्दछ । निन्द्रा नपुग्दा, रुदाँ वा थकानले पनि छालाको सुन्दरता गुम्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न