• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

प्रचण्डलाई ओलीको प्रश्न : किन जनयुद्धका थोत्रा कुरा गर्नुहुन्छ ?

खबरमुकाम। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लडाकुको भत्ता कुम्ल्याएके अरोप लगाएका  छन्  । उनले प्रधानमन्त्री शेरबहादुर देउवाल पनि परिवारबाद बाहिर जाननसकेको बताएका छन् ।


पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डले जनयुद्धको नाममा आफ्नो परिवारभन्दा अरु केही नदेखेको बताएका हुन् ।

‘प्रचण्डको बारेमा धेरै भन्नु छैन। युवाहरुलाई भावनामा बगाएर अनेक गतिविधि गर्नुभयो। सहिदका परिवारको अवस्था के छ रु तपाइँलाई त आफ्नै परिवार सुम्सुम्याएर बस्दा ठिक भएको छ। किन जनयुद्धका थोत्रा कुरा गर्नुहुन्छ। 
’उनले भने, ‘तपाइँले जम्मा गरेर भत्ता कुम्ल्याएर अयोग्य लडाकु भनेर हटाइएको होइन।’ स्कुलबाट थुतेर लगेका युवाहरुको अहिलेको अवस्था कस्तो छ फर्केर हेर्न ओलीले आग्रह गरे।

‘तपाईंले पढाइ बिगारेका युवाहरु के गर्दैछन् रु तीनको नाममा तपाइँले भत्ता लिएको होइन। आज के हालतमा छन् उनीहरु र तिनीहरूको बारेमा सोच्नुभयो र  सबै नाटक तपाईंको’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै