• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्चमा रिट

खबरमुकाम । राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपतिविरूद्ध सर्वोच्च अदालतमा बिहीवार रिट परेको हो ।

 

 

 

 

संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हालेका हुन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार बिहीवार सुनिल रञ्जनसिंह लगायतको रिट परेको छ । रिटबारे अध्ययन भइरहेकाले दर्ताको प्रक्रियामा रहेको प्रवक्ता पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले यो बाहेक अरू पनि रिट परेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै