• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

अहंकारी गठबन्धनले अनाडि मान्छे भेला गरेर राष्ट्रपतिको मजाक उडायो : ओली 

खबरमुकाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय सत्तारुढ गठबन्धन दलले राष्ट्रपतिसँग विधेयकबारे कुनै परामर्श नगरेको र संविधानको धारा १८१ पटक–पटक उल्लंघन गरेको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले संवैधानिक व्यवस्थाअनुसार गठबन्धनले कुनै सहकार्य नगरेको आरोप लगाएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पुनर्विचार गर्न पठाउँदा गठबन्धनले मसलको भाषा बोलेको आरोप लगाउँदै उनले भने,‘मैले संसदको एकवर्ष अगाडि नै उभिएर भनेको थिएँ संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जाओस, संविधानको पालना सरकारले गरोस्’, उनले भने, ‘संविधान विधेयकहरू संसदमा पेस गर्नुपूर्व राष्ट्रपतिसँग सल्लाह गर्नुपर्छ, राष्ट्रपतिसँग स्वीकृति लिनुपर्छ, राष्ट्रपतिलाई ब्रिफिङ गरेको हुनुपर्छ भन्छ । यो अहंकारी गठबन्धनले संविधानको धारा १८१ एकपल्ट पनि पालना गरेन ।’

 

परामादेशी गठबन्धनले संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिको रायबारे कुनै छलफल नगरेको ओलीको आरोप थियो । उनले भने, ‘बाहिरबाहिर बसेर अनाडि मान्छे भेला भएर, अनाडि मान्छे बसेर, संविधानले नचिनेका व्यक्ति बसेर राष्ट्रपतिको मजाक उडाउने काम भयो ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै