• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

ह्वाट्सएपको नयाँ फिचर : ‘अब आफैसँग गर्न मिल्छ च्याट’

खबरमुकाम । लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपमा अब आफैले आफैसँग च्याट गर्न सकिने भएको छ । मेटा कम्पनीले ह्वाट्सएपमा आफैसँग च्याट गर्ने नयाँ फिचर सार्वजनिक गरेको हो । मेटाले यसअघि नै आफ्नो अर्को म्यासेजिङ एप फेसबुक म्यासेन्जरमा आफैले आफैसँग कुरा गर्न मिल्ने फिचर प्रयोगमा ल्याएको छ । जसबाट प्रयोगकर्ताहरुले आफैसँग च्याट गर्न सक्नेछन् ।

 

सिग्नल लगायतका मेसेजिंग एपमा पनि यस्तै फिचर उपलब्ध छ, जसको सहयोगमा प्रयोगकर्ताले आफैसँग च्याट गरी लिस्ट बनाउन, लिंकहरु सेभ आदि गर्न सकिन्छ । ह्वाट्सएपमा भएका सामान्यतया फिचरहरुका बारेमा धेरैलाई थाहा भएपनि आफैसँग च्याट गर्ने फिचर धेरैलाई थाहा नभएको र गज्जबको फिचर रहेको छ ।

ह्वाट्सएपमा आफैसँग च्याट गर्ने काम धेरै अर्थमा उपयोगी हुन सक्दछ । यसबाट प्रयोगकर्ताले विभिन्न लिंक, च्याट तथा भिडियोहरु सेभ गर्न सक्नेछन् र पछि फुर्सदमा ती सामाग्रीहरु हेर्न पनि सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै