• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

संविधान राष्ट्रपतिको खेलौना होइन : बार अध्यक्ष घिमिरे

खबरमुकाम । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले राष्ट्रपतिले संविधानमाथि  नै ‘कू’ गरेको साथै संविधानलाई खेलौना बनाएको बताएका बताएका छन् । संविधानको रक्षक र पालकबाट संविधान उल्लंघन हुन्छ भन्ने परिकल्पना नै हुन नसक्ने भन्दै राष्ट्रपतिले अक्षम्य गल्ति गरको उनको भनाइ छ । 

संविधानले दिएको जिम्मेवारी राष्ट्रप्रमुखबाट उल्लंघन हुन क्ष्यम्य नहुने बार अध्यक्षका घिमिरेले बताएका छन् । उनले भने,“संविधानको धारा ११३ (४) म्यान्डेटरी हो । धारा ११३ (३) अनुसार उहाँले संवैधानिक अधिकार प्रयोग गरेर संसद्लाई फिर्ता पठाइसक्नुभएको हो, उहाँले फिर्ता पठाएको विधेयक संसद्का दुवै सदनबाट पारित भएर पुनः उहाँकोमा गएपछि रोक्ने अधिकार उहाँलाई छैन । "

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै