• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

निक्षेप तथा कर्जा सुरक्षा कोष ४९औं वर्षमा प्रवेश 

खबरमुकाम । निक्षेप तथा कर्जा सुरक्षा कोष ४८औं वर्ष पूरा गरि ४९ औ वर्षमा प्रवेश गरेको छ । निक्षेप तथा कर्जा सुरक्षा कोष नेपाल सरकारको पुर्ण स्वामित्वमा स्थपना भएको हो ।

३० लाखको पूँजीबाट निगम प्रा.लि. कम्पनीको रुपमा स्थापना भएको कोष ४९ आंै वर्षमा पुग्दा कोषको पूँजी चुक्ता १० अर्ब पुगेको छ । पछिल्लो वर्षहरुमा कोषले आफ्ना समग्र व्यवसायिक गतिविधिहरुमा उत्साहजनक वार्षिक वृद्धिदर प्राप्त गरेको छ  । 
कोषको तथ्यांक अनुसार हाल झन्डै ३ करोड ७० लाख निक्षेपकर्ता ११ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढी निक्षेपको सुरक्षण भएको छ । कोषले वार्षिक उत्सवको अवसर पारेर नँया वेवसाईट र सन्जिवनी बिमोचन सार्वजनिक गरेको छ । पुरानो वेवसाईटमा पर्याप्त सेवा सुविधा उपलब्ध नभएकोले नयाँ सम्पूर्ण सेवा उपलब्ध हुने गरि लन्च गरिएको हो । 

त्यस्तै, अब हरेक वर्ष निक्षेप तथा कर्जाको विवरण सहित सन्जिवनी जर्नल प्रकाशन गरिने छ । कार्यक्रममा अर्थमन्त्री जर्नादन शर्माले कोषलाई सुभकामना दिँदै आगामी दिनमा ग्रामिण अर्थतन्त्रलाई जोड दिँदै उत्पादनमा आधारित अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र गरिवी निवारण, कृषि क्षेत्रको उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा यो कोषमा रकम लगानी गर्नुपर्ने अर्थमन्त्री शर्माको भनाइ थियो । ‘सरकारले सुरक्षण कोषका सीमा प्रतिव्यक्ति ५ लाख रुपैयाँ कायम गरेको छ, योसंगै सुरक्षण कोषको जिम्मेवारी पनि वृद्धि भएको छ ’ उनले भने ।  
 

त्यस्तै, साना तथा  मजौला उद्योगलाई निक्षेप कर्जाले काम गर्न सहज भएको पनि उनले बताए । ‘अहिले को बजेट ले हामीले एउटा लघुवित्त खोल्ने निर्णय गरेका छौं । साना किसान तथा साना उद्योगलाई घरदैलोमा पुगेर कर्जा निक्षेप गर्ने हो । हामीले जति धेरै लगानी गर्न सकेयौँ त्यति नै कर्जा बढ्ने हो ’ शर्माले भने  । 

लघुवित्त कोषले घरमै सहुलियतपूर्ण कर्जा पुर्याउने बताउँदै उनले भने,‘प्रयोजनलाई विश्वासनीय बनाउने हो र बैंकका केही नीति नियमहरुलाई पनि परिवर्तन गर्ने हो भने कर्जा लगानी बढछ ।’

त्यस्त,ै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यक्रममा बोल्दै कर्जा सुरक्षा कोषको सहयोगको लागि राष्ट्र बैंक सधै तयार रहेको बताए । ‘कोषको ठोस योजना हुनुपर्छ र बित्तीय प्रणालीमा फाइनान्सीयल स्थिरता हुनुपर्यो, गभर्नर अधिकारीले भने,‘कोषले गर्ने हरेक कार्यमा राष्ट्र बैंकले सहयोग गर्छ ।’

बंैक तथा वित्तीय संस्थाले दिने कर्जाको उनिहरुको आफ्नै खालको पोलिसी हुन्छ र आफुलाई सजिलो हुने ठाँउमा कर्जा दिन्छ । तर सरकारले उत्पादनलाई ध्यानमा राखेर कर्जा दिने भएकाले कृषि क्षेत्रमा लगानी गर्न पछि हट्दैन  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै