• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

आयोगमा कांग्रेसले दुई वटा बन्दसूची बुझाएपछि पार्टीमा खैलाबैला, गगन भन्छन् : त्यस्तो होईन हल्ला मात्र हो ।

खबरमुकाम । नेपाली कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको दुईवटा बन्दसूची बुझाएपछि पार्टीमै खैलाबैला मच्चिएको छ ।सोमबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बन्दसूची बुझाएपनि राति शेखर कोइराला समूहले पनि  अर्को बन्दसूची बुझाएको छ ।

दुईवटा बन्दसूची बुझाएको खुलेपछि कांग्रेसका शिर्ष नेताहरू तनावमा परेका छन् । सम्मानजनक सिट नपाए विद्रोह गर्ने तयारी गरेका शेखर समूहले आयोगमै पुगेर समानुपातिकको बन्दसूची बुझाएलगत्तै थप अन्योल सिर्जना भएको छ ।

महामन्त्री शर्माले भने दुईवटा सूची बुझाएको कुरा हल्ला मात्रै भएको बताए । ‘त्यस्तो हैन, यो हल्ला मात्रै हो’, उनले भने ।

एक नेताका अनुसार आधिकारिक हस्ताक्षर नभै निर्वाचन आयोगले दर्ता गर्न नमिल्ने भएकाले शेखर समूहले बुझाएको सूचीको कुनै अर्थ नहुने बताए । कांग्रेसमा यो विषयले उग्र रूप लिने देखिएको छ । नेताहरूले जोडतोडले यसमा छलफल गर्ने तयारी गरिरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
33 %
 Like
0 %
Laugh
33 %
Sad
33 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै