
लोक चौहान । किरात कल्चर सोसाइटी अफ पिट्सवर्क पेन्सिेनिया अमेरिकाले शनिबार र आइतबार दुई दिने उद्यौली पुजा विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।
अमेरिकामा बसोबास गरेका नेपाली भाषीहरुले आफ्नो कला संस्कृति र मौलिक पहिचान संरक्षण गर्नको लागि प्रत्येक बर्ष उभौली र उद्योली पर्वको रुपमा पुजा आयोजना गरि मनाउने गरेका छन् । यस बर्षको उद्योली पर्व (मुबेक्वा याक्वा सेवा) शनिबार र आइतबार दुई दिन पुजा आयोजना गरि मनाइएको हो ।
आफ्नो मौलिक परम्परालाई विदेशी भूमीमा समेत कायम राख्न प्रत्येक बर्ष उद्योली र उभौली पर्व सँगै विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरेको किरात अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रिय सदस्य सन मुकारुङले जानकारी दिए । विश्व शान्ति मानव एकता तथा सम्पूर्ण सक्कल प्राणीहरुको निम्ती यो उद्यौली पुजा आयोजना गरिने गरिएको समेत केद्रिय सदस्य मुकारुङले जानकारी दिए ।
उक्त पुजा कार्यक्रममा गाली श्राप महवन्ती सँगै उत्पादन भएको नयाँ बाली घरमा भित्र्याउने (न्वाङ्गी) को रुपमा समेत किरात समुदायले लिने भएकोले यसलाई महत्वको साथ लिने गरिन्छ ।
उक्त पुजा कार्यक्रममा किरात लिपीलाई समेत जुम मार्फत हप्तामा एक दिन सिकाइने गरिएकोमा सो पुजा कार्यक्रमको अवसरमा सहभागी बालबालिकाहरुलाई प्रोत्साहन र हौसला स्वरुप मेडल तथा ट्रफि समेत प्रदान गरिएको थियो । आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्नको लागि आफ्ना बालबालिकाहरुलाई नेपाली पहिचान र आफ्नो कला संस्कृतिमा सहभागी एवं जानकारी गराउन समेत समाजले अग्रणी भुमिका खेल्दै आएको छ ।
उक्त पुजा कार्यक्रमको समापनमा साकेला नृत्य समेत प्रस्तुत गरिएको थियो । पुजा कार्यक्रममा अमेरिकामा रहेका नेपाली भाषीहरुले संञ्चालन गरेको विभिन्न संघ संस्था बि क्याप, हिमालयन फाउण्डेसन, ओमकार परिवार, एस एण्ड के एजुकेशन फाउण्डेसन, नमसरा होम केयर लगायतका एकदर्जन बढी संघ संस्था र अमेरिकी नागरिकहरुको समेत सहभागीता रहेको थियो भने दुई दिने पुजा आयोजना कार्यक्रम केशर मुकारुङको सभापतित्वमा सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न