• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

भारतलाई १–० गोलले पराजित गर्दै नेपाल फाइनलमा

खबरमुकाम । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। पाँच पटकको च्याम्पियन भारतलाई १–० गोलले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपालले भारतलाई पराजित गरेसँगै महिला साफमा पाँचौपटक फाइनलमा पुगेको छ ।  यसअघि चार पटकको फाइनलमा भने नेपाल पराजित हुँदा उपाधि विमुख भएको थियो । नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन् । प्रिति राईले मिहिनेत गरेर दिएको क्रसमा रश्मिले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन् ।

दशरथ रंगशालामा उपस्थित सात हजार दर्शकसामू भारतलाई पराजित गरेको नेपालले अब उपाधिका सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८–० गोलको जित निकालेको थियो । नेपालसँग पराजित भएसँगै भारत पहिलोपटक साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । 

भारत बाहिरिएसँगै महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने भएको छ । यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो । भारतले पाँचपटक उपाधि जित्दा फाइलनमा नेपाललाई चारपटक र बंगलादेशलाई एकपटक हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै