• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

भारतीले ल्याए मेलोबाबाको दोस्रो सिरिज ‘छानू’ (हेरौं भिडियो)  

खबरमुकाम । नव गायक अमृत भारतीको शब्द तथा संगीतमा सजिएको मेलोबाबाको दोस्रो सिरिज  ‘छानू’ सार्वजनिक भएको छ । भारतीसँगै रामकुमार नेपाली र शान्तिश्री परियारको आवाज रहेको गीत भारती पिक्चर्स यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गजलकारसमेत रहेका भारतीले यसअघि देशभरका रेडियो स्टेशनबाट गीत सार्वजनिक गरिसकेका छन् । प्रकाश भट्टले निर्देशन गरेको उक्त भिडियोमा चर्चित कलाकार सागर लम्साल ‘बले’, गीता ढुंगाना र उषा उप्रेतीको मुख्य भूमिका रहेको देख्न सकिन्छ । संगीतकार शम्भुजित बास्कोटाले विमोचन गरेको यो गीतमा संगीत संयोजन केशव बडुले गरेका छन् । 

सानैदेखि गीत–संगीतमा रुचि राख्ने सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं–२ मा जन्मिएका भारतीले अहिले गायन क्षेत्रमा छुट्टै स्टण्ड बनाउँदै आएका छन् । गाउँमा हुने चार्डपर्व, जात्रा पूजापाठ, र रत्यौलीमा समेत जुहारी गाउने भारतीले मौलिक सिर्जनामा सजिएका गीतहरुमा आफ्नो विशेष रुचि भएको बताएका छन् । 


 


 

२०७२ सालमा गजलसंग्रह ‘अमृत’ सार्वजनिक गरेर कान्छो गजलकार बनेका भारतीले सिन्धुपाल्चोकबाट राजधानी आएपछि २०७३ सालमा ‘कन्या राशी’ बोलको दोहोरी गीत बजारमा ल्याएर सांगीतिक यात्रा शुरू गरेका थिए । आधा दशक लामो सांगीतिक करियरका क्रममा भारतीले जुरी, पब्लिक च्वाइस र उत्कृष्ट गरी तीन अवार्ड जितेर ह्याट्रिक गरिसकेका छन् । 

मौलिकता बोकेका सिर्जनालाई बजारमा ल्याएर आम दर्शकको मन जित्न सफल बनेका भारतीले सांगेतिक यात्रामा आफ्नो संघर्षको कथा अजिब रहेको तर्क गरेका छन् । भारतीले हाल सार्वजनिक भएको मेलोबाबा–२ सिरिज ‘छानू’ लाई समेत आम दर्शक महानुभावहरुले मनपराइदिनुहुने अपेक्षा राखेका छन् । 

भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् :-

https://youtu.be/sMxZFr5nFNA

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै