• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

दुबईमा भव्य तीज विशेष सांस्कृतिक धमाका, जनगायक जीवन शर्मा सहितको टोली दुबई जाने

खबरमुकाम ।  नेपाली जनप्रगतिशिल मञ्च युएईको आयोजनामा दुबईमा भव्य तीज विशेष सांस्कृतिक धमाका २०७९ हुने भएको छ । आफ्नो कला संस्कृती र परम्पराको संरक्षण गर्ने उदेश्यले सांस्कृतिक कार्यक्रम राखिएको आयोजक टिमले बताएको छ ।

नेपाली महिलाहरुको महान पर्वको रुपमा लिईने पर्व हरितालिका तीजको अवसरमा प्रवासमा रहेका सम्पुर्ण चेलिहरुलाई मनोरञ्जन गराउ कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका अध्यक्ष बाबुराम बिश्वकर्माले बताए । 

सेप्टेम्बर ४ तारिख आईतवारका दिन वर दुबईमा रहेको होटल अष्ट्रोरियामा राष्ट्रिय स्तरका कलाकारहरुको साथमा भव्य तीज विशेष सास्कृतिक कार्यक्रम हुने उनले बताए । कार्यक्रममा थप आकर्षक बनाउन नेपालबाट राष्ट्रिय स्तरका चर्चित कलाकारहरू पनि आउने भएको छ ।

प्रवासमा रहेका नेपाली चेलिहरु लाई मनोरञ्जन दिन सेप्टेम्बर ४ तारिख आईतवारका दिन वर दुबईको अष्ट्रोरिया होटलमा तीज विशेष सास्कृतिक कार्यक्रम आयोजना गरिएको नेपाली जनप्रगतिशिल मञ्च युएईका महासचिव दामोदर सिंह ठगुन्नाले जानकारी दिए ।

कार्यक्रममा युएईका बिभिन्न राज्यबाट एकहजार भन्दा धेरै सहभागी हुने अपेक्षा गरिएको ठगुन्नाले बताए  ।  कार्यक्रममा सयौं प्रगतिशिल गीत गाएका जन गायकको रुपमा चर्चित गायक जीवन शर्मा, चर्चित कलाकारहरु विश्व दोङ, कला लम्साल, शोभा त्रिपाठी, एलिना मगर र भ्वाईस किड्सका बिजेता चर्चित गायक जेनिस उप्रेती लगायतका कलाकारहरु आउने तिज बिशेष कार्यक्रमका संयोजक नबीन दोङ्ले जानकारी दिए । 

नेपालबाट आउने कलाकार बाहेक दुबईमा रहेका चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने दोङ्ले जनाए कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको  दोङ्ले बताए  । अहिले टिकट बिक्रि,कार्यक्रम व्यवस्थापन लगायतका काम भईरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै