• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

राष्ट्रिय भावनाको ‘जय जय नेपाल’ गीत सार्वजनिक (भिडियो सहित)

खबरमुकाम । समसामयिक नेपालको परिस्थितीअनुसार लेखिएको देशभक्ति गीत ‘जय जय हो नेपाल’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । देशभक्ती कलाकारका रुपमा छुट्टै चिनारी बनाएका सुमित खड्काको स्वरमा रहेको यस गीतमा शब्द रचना भने शान्तिराम भट्टराईले गरेका छन् । 

‘जय जय हो नेपाल’ बोलको गीतमा संगीतकार तथा गायक शक्ति बल्लभको पनि मूख्य भूमिका रहेको छ । गीतको संगीत संयोजन मनोहर सुनामले गरेका छन् । यस गितलाई साउण्ड डिजाइन स्टुडियो, नक्सालमा रेकर्डिङ गराइएको हो । 

गायक शान्तीराम,शक्ति बल्लभ र सुमित खड्काको प्रमुख रोल रहेको यस गीतको छायाङ्कन,कोरियोग्राफी, निर्देशन तथा सम्पादन भने आयुष घले मगरले गरेका हुन् । यस गीतमा अन्य कलाकालरहरुको पनि अभिनय देख्न सकिन्छ । हालको बद्लिदो परिस्थतिलाई मध्यनजर गर्दै मानिसहरुमा देशभक्ती भावना हुन आवश्यक रहेको गहन विषय यस गीतमार्फत उर्तान खोजिएको छ । 

 

विश्वमा अनेकौं देशहरू छन् यद्यपी आफू जन्मेको देशको माया नै अधिक हुने सन्देश यस गीतमार्फत दिन खोजिएको छ । देशका निमित्त प्राण पनि दिने साहसी सहिद योद्धाहरुको योगदानलाई पनि गीतमार्फत उठाइएको छ । गीतले नेपाली भै जीउनु सारा नेपालीको सान हो भन्ने सन्देश दिएको छ ।

भिडियो हेर्नका लागि तलको लिङ्क क्लिक गर्नुहोला :-

https://youtu.be/b8wDyD7WPgA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै