• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

‘जीवन जसरी चल्छ केटो’

‘साथी’ भलै यो शब्द सर्टिक लाग्न सक्छ, तर यसमा अनेक भेराइटी पाइन्छ । हजुरको साथी कस्ता ? त्यो, त तपाईको रुचिमा निर्भर रहन्छ । किनभने साथी भन्नसाथ सबै एकनास हुँदैनन् । साथीमा अनेक रुप र प्रवृत्ति हुन्छन् । कोहि तपाईको खुसीमा रमाउने साथी, कोहि दुःखमा साथ दिने । कोहि तपाईको अप्ठ्यारामा सहयात्रा गर्ने त कोहि क्षणिक स्वार्थमा जोडिने । 

टाईपिङ हातले गर्छ अनि मनले यो–यो लेख भनेर खटाउँछ । दिमागमा आएका अनगिन्ती यादहरुलाई भनिदिएँ, ‘दाई जस्तो साथीमा गर्भ हुन्छ’ । यहिक्रमसँगै मनको मन्दिरमा बस्न सकेको मेरो साथी जो, एकदमै दुर्लभ अनि दीगो र भरपर्दो मित्रता । जसले जीवनलाई थप उर्जा र विश्वाससहितको हौसला प्रदान गर्ने गर्छ । मेरा अप्ठ्यारा,समस्याहरु सुल्झाउन भूमिका खेल्छ । चाहे दुःखमा होस् वा पीडामा, जो साथीको संगतले मेरो जीवनमा थप खुसी र सुखी अनुभति दिलाइरहन्छ । 

आज त्यो साथीको बारेमा लेख्न खोज्दा दिमाग शून्य भयो,दिमागमा तिम्रा यादहरु तछाड–मछाड गर्दै यसरी आउन थालेकी मेरो सानो मस्तिष्कले कहिले बोक्न नसक्ने भारी भएझैँ । अहँ, मलाई त थाहा छैन, तिमीले पनि मैले जस्तै यादका भारीहरु बोकेर हिड्नु परेको छ कि छैन । कसलाई सोधौँ ? तर म चाहान्न, ती फगत याद र प्रेमहरु तिम्रो अनन्त यात्रामा कठोर बाधा बनेर आउन्।

‘जीवन जसरी चल्छ केटो’ भनेको आवज मेरो मनमा रेर्कड छ दाई । उ मेरो साथी हो तर, म उसलाई दाईले सम्बोधन गर्छु ।  हसिलो अनुहार,मिलनसार भाव, सरल रुपमा यो बुझौँ की बयान गरेर नसकिने विशेषताले भरिएको मान्छे कोहि छन् भने त्यसमध्येको उ पहिलो हो । 

‘कार्टुनमा रहेको एउटा सडेको स्याउले पूरै कार्टुनको स्याउलाई बिगार्छ’ भनेजस्तै खराब साथीको संगत लामो समयसम्म बढ्दै गयो भने बिग्रने डर हुन्छ । उनीहरूको व्यवहारले हामीलाई पनि असर गर्न थाल्छ । उनीहरुका नराम्रा कुराहरू पनि राम्रा लाग्न थाल्छन् । जसले गर्दा समाजले हामीलाई हेर्ने नजर पनि नकारात्मक हुन थाल्छ ।– यस्ता अर्ति उपदेशले हामीलाई टुटाउने प्रयासहरु धेरै भए दाई अब हामी पनि केहि गर्नुपर्छ, गफ हाम्रो यस्तै हुन थालेको छ अचेल । कुरा समाजले हेर्ने नजरको होइन, कुरा त मित्र भावको हो । मित्रता नबुझेको समाजले हेर्ने नजर त खराबीमै जाने हो । तर हाम्रो बाटो खराबमी जाने होइन, बल्की मित्रभावमा समाजलाई सजाउने थियो । 

 

दोडाहट दुवैजनाको अलग–अलग जस्तो देखिन थालेको छ । कहिँले–काहिँ भेटघाट र खुसीको साटा–साटमा एक हुनसाथ खराब असल नचिन्ने मोडमा पुगिन्छ तर पनि हामीलाई त्यहि अविष्मरणिय क्षणको घुम्टो बनिराखेको हुन्छ । हरेक कुराहरुलाई ‘मोड पोष्टिङ’मा आउने कमेडी जस्तै हास्ने र हसाउनेमा झुलिरहँदा कति चाँडो समय सँगै हामी पनि २५।२६ उमेरको हारा–हारीमा पुगिसकेछौँ । जब कि अहिले हाम्रो गफ–गाफ वर्तमानलाई छाडेर भविष्यको हुने गरेको छ । जबकी डुङ्गा अलग–अलग भएर पनि नदि एउटै छ, जहाँ पुग्ने लक्ष्य दुवैको नदि पारी नै रहेको छ । 

अहिले हामी बीचको दुरी संखुवा–सभा र काठमाडौं सम्मको मात्र छ । यद्यपी, धेरै टाढा उभिएका छौं झैँ हुन्छ । गाउँघरमा एकछिन हाम्रो साथ छुटदैनथ्यो । अनि हाम्रो उपनाम गाउँले पनि राखिसकेको थियो,‘बेगारी केटा’ । हामी दुवै गाउँले हामीलाई दिएको उपनाम स्वरुपको उपहार स्मरण गर्दै डाको छाडेर हास्ने गर्दथ्यौँ । खैर, हामी दुवैलाई हाम्रो समाज धेरै प्यारो लाग्छ । पख्नुस है ! अब आउँछ ट्वीस्ट– हामी सबैलाई अवगत भएकै कुरा हो, हरेक मानिस आफु–खुसी अथवा भनौँ स्वतन्त्रतामा जिउन मन पराउँछ ताकी उसलाई कुनै कुराको बोझ नहोस् । पारिवारिक जिम्मेवारीलाई दिमाग र मनमा सँगालेर व्यवहारमा उतार्न त धेरै परको कुरा भयो । 

तर, यस्तो स्वभाव भित्र कहिँपनि नजोडिएको स्वभावमा मेरो साथी छ । जो भेटका हरेक पलमा एउटै कुरा रटान लगाइराख्छ,‘परिवारको जिम्मेवारी उठाउँछु ।’ नभन्दै उ अहिले घरायसी पेसामा लगावका साथ खटेर अभिावकको रुपमा आफूलाई उतार्न सक्षम भइरहेको छ । मानसपटलमा एकै पटक घुम्ने ती तमाम यादहरुलाई म एक–एक गरि सम्झिने कोशिश गर्दै छु, तर सकिनँ । बाँकी पार्ट उसको पेसामा सफल भएपछि....

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै