• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता 

खबरमुकाम । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरु समय सापेक्ष डिजिटल बैंकिङ्ग सेवा तथा सुबिधाहरु दिदै आईरहेको र अझै परिस्कृत बनाउने सिलसिलामा यस बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसंग भुक्तानी सेवा सम्बन्धी  सम्झौता भएको छ । 

सम्झौता पश्चात् बैंकका कार्डबाहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्ने बैंकले जनाएको छ  । बैंकका कार्डबाहकले कार्ड लिंक पश्चात् मोको डिजिटल वालेट मार्फत विभिन्न भुक्तानी सेवाहरुको उपभोग गर्न मिल्ने र मोको मार्फत स्क्यान गरी १५०० भन्दा बढि मर्चेन्टहरुमा भुक्तानी गर्न मिल्ने बैंकले जनाएको छ । 

यो संगै बैंकका कार्डबाहकहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सक्नेछन् । सो सेवाको प्रयोग गर्न ग्राहकले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्नेछ ।   

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै