• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित

खबरमुकाम । प्रतिनिधिसभाले राष्ट्रिय सभाको सन्देशसहित बुधबार बसेको बैठकले तथ्यांक विधेयक २०७८ र शपथसम्बन्धी विधेयक २०७९ लाई पारित गरेको छ । 

विधेयक पारित गर्नु अघि दफावार छलफल भएको र छलफल पश्चात सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधयेकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । बैठकले दुवै विधेयक बहुमतले पारित गरेको सभामुख सापकोटाले बताए । 

 

तथ्यांक उत्पादन,प्रशोधन, भण्डारण, प्रकाशन र वितरणलाई विश्वसनीय एवं व्यवस्थित बनाई संघ, प्रदेश र स्थानीय तहको नीति निर्माण, नीति कार्यान्वयन, स्रोत व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन  तथ्यांक सम्बन्धी कानुनलाई थप संशोधन गर्न र एकीकरण गर्न आवश्यक भएसँगै सो ऐन संसदद्वारा बनाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै