• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनःश्रेष्ठ नियुक्त

खबरमुकाम । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । संचालक समितिको आषाढ ७ गतेको  बैठकको निर्णय भए बमोजिम साउन २३ गते देखि लागु हुने गरी श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएका हुन् । 

विगत–२७ वर्षदेखि निर्जिवन क्षेत्रमा काम गर्दै आएका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ । 
उनी बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि परेका छन् । सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

 

कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहकहरुलाई धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै