Dark

एक सातादेखि स्थगित कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

खबरमुकाम । कर्णाली प्रदेश सभाको बैठक एक सातापछि आज सोमबार बस्ने भएको छ ।

गत साताको बैठक सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले सरकारप्रति असन्तुष्टि जनाउँदै बहिष्कार गरेको थियो । सभामुख राजबहादुर शाहीले यही साउन ४ गते बुधबार दिउँसो ३ बजे सभामुख शाहीको संयोजकत्व बसेको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुङ्गिएको थियो । सो घटनासँगै साउन ३ गतेदेखि स्थगित भएको प्रदेश सभा बैठक आज सोमबार बस्ने भएको हो ।

माओवादी केन्द्रले सदनसँग आधारित भएर राखेका माग पूर्ति गर्ने गरी सम्बोधन गरिएको जनाउँदै मुख्यमन्त्री जीवनबहादुर शाहीले अवरोधलाई खुलाउन सहमति र सहकार्य अपरिहार्य रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले पनि गठबन्धन दलभित्रको छलफल सकरात्मक रहेको बताए । 

सत्ता गठबन्धन सरकारका गतिविधि, क्रियाकलाप र योजनालाई प्रभावकारी बनाएर लैजानका लागि साझा प्रयासलाई अनिवार्य शर्त बनाएर अगाडि बढ्ने सहमति र साझा धारणा बनाउन आइतबार मुख्यमन्त्री शाही, नेकपा माओवादी केन्द्र प्रदेशसभा दल नेता महेन्द्रबहादुर शाही, नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा दल नेता चन्द्रबहादुर शाहीबीच छलफल भएको थियो । क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै