Dark

गजल : विशेष छ

बानी विशेष छ, निशानी विशेष छ
तिमीसँग जोडिएको कहानी विशेष छ ।

लगाउँछन् दुनियाँ लोभी नजर
तर मलाई हेरिरहने त्यो नानी विशेष छ

झरे बगैंचामै ओइली कयौँ बेली चमेली
तर त्यो दिल सजिएको फूलदानी विशेष छ


 

चाहिन्न भो मादकता होस् बरु हिउँ कुवा
तिम्रै हातले उभाएको पानी विशेष छ

न धनले न वचनले,तिम्रो आगमनले कान्छु
यो सानीको साँझ अनि बिहानी विशेष छ

–अश्मिता रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै