
खबरमुकाम। नेकपा एमालेले पार्टीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण दिने भएको छ। एमाले केन्द्रीय पार्टी कार्यालय सचिव भीष्म अधिकारीले पार्टीबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण राखिएका जानकारी दिएका छन्।
अधिकारीका अनुसार उक्त प्रशिक्षणमा नगरप्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन् । असार २ र ३ गते जनप्रतिनिधिलाई वर्तमान राजनीतिक, आर्थिक विकास, स्थानीय तहको अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिने एमालेले जनाएको छ।
अभिमुखीकरण नेकपा अध्यक्ष केपी शर्मा ओली र विज्ञहरुले दिने जनाइएको छ। महासचिव शंकर पोखरेलले जनप्रतिनिधिलाई अभिमुखीकरणमा सहभागी हुन पत्राचार गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाकिस्तानमा पिठोको मूल्य १२० प्रतिशत र प्याज २२८ प्रतिशतले बढ्यो
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल