Dark

प्रदेश १ समन्वय परिषद्‍ बैठक : मुख्यमन्त्रीले गरे १० जना मनोनीत (सूचीसहित)

खबरमुकाम  । प्रदेश १ को समन्वय परिषद्को आज (मंगलबार) बसेको बैठकले ‘सञ्चालन कार्यविधि,२०७९’ स्वीकृत गरेको छ । 

प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्यविधि पारित गरेसँगै यसअघिको प्रदेश समन्वय परिषद् (बैठक सञ्चालन) कार्यविधि, २०७५ खारेज भएको छ । हालै सम्पन्न भएको स्थानीय चुनावपछिको पहिलो बैठकले परिषद्‍मा हरेक जिल्लाबाट एकजना जनप्रतिनिधि हुने गरी हाललाई १० जना मनोनीत गरिएको छ । जसमध्ये बाँकी समन्वय समिति गठनपश्चात मनोनित गरिने मुख्यमन्त्री सचिवालयले जनाएको छ । 

 

 स्थानीय तहका प्रमुख वा उपप्रमुख वा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट प्रदेशका १४ जिल्ला हरेकबाट एकजना हुनेगरी कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्वसहित हाललाई १४ जना सदस्य मुख्यमन्त्रीले मनोनीत गर्ने व्यवस्था छ ।

 

को–को भए मनोनीत हेर्नुहोस्  :–

प्रदेश समन्वय परिषद्‍मा विराटनगर महानगरपालिका
–मोरङका प्रमुख नागेश कोइराला
सूर्योदय नगरपालिका
–इलामका प्रमुख रनबहादुर राई
ऐसेलुखर्क गाउँपालिका
–खोटाङका अध्यक्ष गिरेन्द्रबहादुर राई
साल्पासिलिछो गाउँपालिका
–भोजपुरका अध्यक्ष दौलथकुमार कलुङ राई
खिजिदेम्बा गाउँपालिका
–ओखलढुंगााका अध्यक्ष गम्बु शेर्पा
 उदयपुरगढी गाउँपालिका
–उदयपुरका अध्यक्ष मानबहादुर केप्छाकी मगर
इटहरी उपमहानगरपालिका
–सुनसरीकी उपप्रमुख संगीताकुमारी चौधरी
छथर जोरपाटी गाउँपालिका
–धनकुटाकी उपाध्यक्ष गीता गुरुङ
फाल्गुनन्द गाउँपालिका
–पाँचथरका उपाध्यक्ष सविता राई
 मेरिङदेन गाउँपालिका
–ताप्लेजुङका उपाध्यक्ष दुर्गाप्राद श्रेङचङवाङ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै