Dark

मनसुन शुरु भएकाले सुरक्षाको लागि मेलम्चीको सुरुङ बन्द : खानेपानी मन्त्री

खबरमुकाम । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी बितरण बन्द गरिने बताएका छन् । 

खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ पथान्तरण गर्ने काम बन्द गरे पनि सरकारले बैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताउँदै उनले भने,‘‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार केहि दिन भित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ । अर्बौंको लगानीमा निर्माण भएको आयोजनाको संरचनालाई सुरक्षित गर्न आवश्यक भएकाले डाईभर्सन स्थलमा जडित अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावको आधारमा मेलम्चीको पानी हाललाई बन्द गरिएको छ ।’,े 

उनले मेलम्चीको नदिबाट दैनिक १७ करोड लिटर पानी वितरण गरिएकोमा त्यो बन्द भएपछि बिकल्पको रुपमा बागमति नदिबाट दैनिक ६ करोड लिटर पानी थप गरिने र नपुग ७ करोड लिटर पानी भूमिगत स्रोतबाट पूर्ती गरिने बताए । वर्षायाम समाप्त हुने वित्तिकै मेलम्चीको पानी पुनः पथान्तरण गरी काठमाडौंमा वितरण गरिने भन्दै मन्त्री चौधरीले आयोजनाको सुरक्षाको लागि सुरुङको ढोका बन्द गर्दा आमउपभोक्तामा पर्न गएको असुविधाप्रति क्षमा याचना मागेका छन् । ‘मेलम्चीको पानी पुन पथान्तरण गर्नको लागि दीर्घकालिन रुपमा हेडवक्र्सको मर्मत गरी दिगो रुपमा पानी आपूर्ति गर्न एसियाली विकास बैंकको सहयोगमा तयार भएको अध्ययन प्रतिवेदनको आधारमा वर्षायाम सकिने वित्तिकै कार्यान्वयन गरिने छ
।’ उनले भने,

 


 

काठमाडौंको पानीको समस्यालाई दीगो रुपमा समाधान गर्न सरकारले याङ्ग्री, लार्के, सिस्नेरी, ठोस्ने खोला, महादेव खोला लगायतका सम्भाव्य सबै स्रोतबाट पानी उपलब्ध गराउन कार्यक्रमहरु क्रमश कार्यान्वयन गर्दै लाने मन्त्री चौधरीले बताए । 
आयोजनाले मंगलबार आयोजनाको सुरुङ डाइभर्सनको १ नम्वर ढोका बन्द गरेको थियो भने बुधबार १८ नम्वर ढोका बन्द गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै