• वि.सं २०७९ मंसिर १७ शनिबार
  • Saturday, 03 December, 2022
  • युनिकोड
  • Live
Dark

उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित

खबरमुकाम । उदयपुरको त्रियुगा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वसन्त बस्नेत निर्वाचित भएका छन् । बस्नेत १३ हजार ९५९ मत प्राप्त गरी नगर प्रमुखमा निर्वािचत भएका हुन् । बस्नेतका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भागवत राउतले ११ हजार ८७३ मत प्राप्त गरेका छन् । 

 


 

 

त्यसैगरी, उपप्रमुखमा  नेकपा एमालेकी उम्मेदवार  महेश्वरी राई निर्वािचत भएकी छन् । उपप्रमुखमा एमालेकी राईले १३ हजार ७०३ मत प्राप्त गरेकी छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरिता राईले ११ हजार ९८१ मत पाइन् । 

१६ वटा वडा रहेको त्रियुगामा कूल ४० हजार १३७  मत खसेकाे थियाे । नगरमा कांग्रेसले ९ वटा वडा, एमालेले ४ वटा र माओवादी केन्द्रले ३ वडामा वडाध्यक्ष जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै