Dark

पोखराको उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले गरिन् उम्मेद्वारी अस्वीकार 

खबरमुकाम । नेकपा एमालेबाट पोखराको उपमेयरमा प्रस्तावित मन्जुदेवी गुरुङले उम्मेद्वारी अस्वीकार गरेकी छन्।

पार्टीले आफूलाई नसोधी उपमेयरको उम्मेदवार बनाएको बताउँदै उनले उक्त पदमा रुचि नभएको बताएकी हुन् । मन्जु पोखराको बहालवाला उपमेयर हुन् । पार्टीको आन्तरिक प्रतिस्पर्धामा उनी मेयर उठ्ने चर्चा चलेको थियो ।

तर,उनी प्रतिस्पर्धाबाट अलग भइन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेकी उनलाई प्रदेश कमिटीले अन्य १२ जनासँगै नाम थपेर पठाउने चर्चा चलेको थियो । तर,त्यसो गरिएन । प्रमुखमा पूर्वशिक्षक दीपक पौडेललाई उम्मेदवार बनाउँदा मन्जुको नाम उपमेयरको रुपमा घोषणा गरियो ।

मेरो उपमेयरमा चाहना पनि छैन, मलाई पार्टीले आधिकारिक जानकारी गराएको पनि छैन, उनले भनिन्, जानकारी आउँदा म मेरो कुरा राख्छु । मन्जुले उपमेयर अस्वीकार गरेसँगै कास्की एमालेमा खलबली मच्चिएको छ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको गुटबीच देखिएको कटुता उम्मेदवारी प्रकरणमा पनि प्रकट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै