
खबरमुकाम। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकासका लागि ६ वटा ‘ब’लाई ध्यान आवश्यक रहेको बताएका छन् ।
‘समृद्ध कर्णाली विकासका ५ वर्ष’ विषयक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीको समृद्धि र विकास भएको हेर्न चाहने हो भने राज्यका सबै निकायले ६ वटा ‘ब’ लाई ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फेर्नका लागि ६ वटा ब (बाटो, बिजुली, बिचार, वन, बजार र व्यवस्थापन) लाई ध्यान दिन आवश्यक रहेको बताए । ‘यहाँका सबै बस्तीमा यी ६ ‘ब’ लाई अबलम्वन गर्न नसकेकै कारण कर्णालीको विकास हुन नसकेको हो’, उनले भने, ‘यदी कर्णालीका सबै बस्तीमा छ ‘ब’ को अबधारण पु¥याउने हो भने प्राकृतिक श्रोत साधनले भरिपूर्ण कर्णालीको मुहार फेर्न कसैको मुख ताक्नु पर्ने अवस्था आउँदैन ।’
मुख्यमन्त्री शाहीले कर्णालीमा हुने सबै खाले नराम्रा कामको दोष आफू लिने र प्रदेशमा बनेका बाटो, बिजुुली, सिँचाइ, सडक, भवन, सरसफाइ लगायतका नयाँ र राम्रा कार्य भए त्यसको जस जनतालाई दिने बताए । उनले कर्णालीको समृद्धि र विकासका लागि सबैले सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई