
खबरमुकाम । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ को आयोजनामा गरीएको मानव अधिकार रक्षक सम्बन्धी २ दिने प्रादेशिक सम्मेलन सम्मन्न भएको छ ।
मानव अधिकार रक्षकहरुको सुरक्षा, चुनौती, समस्याहरुलाई छलफल गरी १५ बुँदे एउटा घोषणापत्र तयार जारी गरेको छ ।
आयोगका विराटनगर प्रमुख नितु गड्तौलाका अनुसार प्रादेशिक सम्मेलनमा ३० वटा भन्दा बढी मानव अधिकारका संघसंस्थाका प्रतिनिधि, पत्रकार महासंघका गरी कूल एक सय ३० जनाले सहभागिता भएका थिए । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राइको उपस्थितीमा सम्मेलनको उद्घाटन गरेका थिए ।
ज्ञापन पत्रमा तीनै तहका सरकारले मानवअधिकार रक्षकको संरक्षण का लागि कानुन बनाउनुपर्ने र उनीहरूको भूमिकालाई सम्मान गरिनुपर्नेमा जोड दिइएको छ ।
मानवअधिकार रक्षकहरूले असहयोग तथा असुरक्षा भोग्नु परिरहेको समस्या उल्लेख गरी उनीहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति गरिनुपर्नेलगायत विषयमा सम्बोधन हुनुपर्नेमा जोड दिइएको छ । यसैगरी, मानवअधिकार रक्षकको क्षमता विकास तथा उनीहरूको भूमिकालाई अनुगमन र नियमनका लागि एक स्वतन्त्र तथा स्वायत्त राष्ट्रिय संयन्त्र स्थापना गरिनुपर्ने माग गरिएको छ । मानवअधिकार संरक्षणका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट भएका फैसला, आदेश र आयोगको सिफारिसलाई प्रभावकारी तवरबाट कार्यान्वयन गर्नुपर्ने भनिएको छ ।
सधैँ अरुकै हितमा काम गर्ने मानवअधिकार रक्षकको आफ्नो अधिकार र कर्तव्यको खोजीमा आयोगले गरेको सम्मेलनले विशेष अर्थ राख्न सक्ने कार्यक्रममा सहभागि अधिकारकर्मिहरुले बताएका छन् । ७ वटै प्रदेशमा शनिबार एकै पटक सम्मेलन सकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता