Dark

बागमती प्रदेशः कार्यकाल ४ वर्ष, कर्मचारी र भौतिक संरचनाको निकै अभाव

खबरमुकाम । बागमती प्रदेश सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्दा कर्मचारी र भौतिक संरचनाको निकै अभाव देखिएको छ । प्रदेश सरकारले पूर्व तयारी र छलफल बिनै दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरी संख्या बढाएपछि प्रदेश सरकारको काम कारवाही नै अस्तव्यस्त बनेको बताईएको छ ।

 

आगामी माघ २९ गते बागमती प्रदेश सरकारल आफ्नो ४ वर्ष पूरा हुने समयको पुर्वसन्ध्यमा रहेको छ ।  अहिलेसम्म  प्रदेशले ३ जना मुख्यमन्त्री ,३ दर्जनभन्दा बढी प्रदेश सांसद त मन्त्री नै  पाईसकेको अवस्था छ । तर प्रदेस फगत दलीय भागबण्डा मिलाउनमा सिमित रहेको छ ।  
सरकारले आफ्नो स्थायी संरचना निर्माण गर्न सकेको छैन । प्रदेश संरचनाको विषय सरकारको नीति तथा कार्यक्रममा मात्र सीमित बनेको छ । बजेट विनियोजन गरिए पनि कार्यान्वयन तह निकै फितलो देखिएको छ । प्रदेश सरकारले हालसम्म पनि मन्त्रालय र सम्बन्धित कार्यालयका लागि भवन व्यवस्थापन गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
100 %

छुटाउनुभयो कि?

सबै