Dark

कांग्रेस प्रदेश र केन्द्रीय महाधिवेशनको तालिका फेरबदल 

खबरमुकाम । नेपाली कांग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशनको कार्यतालिका फेरिएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठकले कार्यतालिका परिमार्जन गर्ने निर्णय गरेको हो । 

प्रमुख तीन नेताको बैठक महाधिवेशन उद्घाटन हुने मिति यथावत् राख्दै मनोनयनको तालिका फेर्ने निर्णय गरेको छ । तालिका परिवर्तन भएसँगै प्रदेशमा आगामी मंसिर १५ गते हुने भनिएको मनोनयन १७ गतेका लागि सरेको छ । यस्तै, केन्द्रीय महाधिवेशनमा मंसिर २१ गते हुने भनिएको उम्मेदवारहरूको मनोनयन दर्ता मंसिर २५ गतेका लागि सरेको छ । 

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार कार्यतालिका परिवर्तन भएपनि महाधिवेशन उद्घाटनको मिति भने सारिएको छैन ।

 

‘यसलाई महाधिवेशन सारिएको भन्न मिल्दैन, प्रविधिक रूपमा मिलाउनका लागि १५ गतेलाई १७ गते मनोनयन दर्ता हुने व्यवस्था मिलाउन मात्र लागिएको हो । महाधिवेशनको तालिका परिवर्तन भएको छैन,’ निर्वाचन समितिका संयोजक घिमिरेले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै