Dark

अवैध लागूऔषधसहित ४ जना पक्राउ     

खबरमुकाम । नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१४ राधाकृष्ण टोल बस्ने ३५ वर्षीय मेघराज जैसीलाई नियन्त्रित लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उनलाई ७ एम्पुल डाइजेपाम, ७ एम्पुल नुफिन र ७ एम्पुल फेनारगनसहित आइतबार दिउँसो पक्राउ गरेको हो । 

त्यसैगरी थप अनुसन्धानको क्रममा उनको घरबाट समेत ६० एम्पुल डाइजेपाम, ६० एम्पुल नुफिन र ६० एम्पुल फेनारगन बरामद भएको प्रहरीले बताएको छ ।
त्यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ रजयन्तीबाट ३ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका(२ संगमचोक डेरा गरी बस्ने भारत प्रसौना घर भएका २० वर्षीय संजय बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्लाष्टिकमा पुरिया बनाई ल्याउँदै गरेको उक्त खैरो हेरोइन सहित पक्राउ गरेको हो । 

 

त्यसैगरी सिरहाको भगवानपुर गाउँपालिका– ३ गैरसाहा टोलबाट २ सय ७० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी बोदेबर्साईन नगरपालिका–१ बस्ने २० वर्षीय धर्मेन्द्र कुमार साह र सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त कुमार मंण्डल रहेका छन् । स.८ प २८०३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल नेपाल समेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक साह र मोटरसाइकलमा सवार मण्डललाई पक्राउ गरेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै