Dark

मन्त्रीपरिषद्ले धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न समिति गठन गर्ने

खबरमुकाम । नेपाल धितोपत्र बोर्ड अध्यक्षको नियुक्तिलाई फेरी आवेदन खुल्ने जनाइएको छ । 

बोर्डको नयाँ अध्यक्ष छनोटका लागि मन्त्रीपरिषद् बैठकले समिति छनोट गर्न लागेको छ । मन्त्रीपरिषद् बैठकले समिति छनोट गरेपछि सोही अनुसार मात्र नयाँ अध्यक्ष छनोटको प्रकृया अघि बढ्ने जनाइएको छ । बोर्ड अध्यक्ष छनोटका विषयमा कानूनी रुपमा विवाद देखिएपछि नयाँ समिति गठन गरिने भएको हो । 

त्यस्तै, धितोपत्र समिति ऐन अनुसार नेपाल सरकारको तर्फबाट मन्त्रीपरिषद् बैठकले छनोट समिति गठन गर्नुपर्नेछ । यसअघि भने अर्थ मन्त्रालयले समिति बनाएको थियो । 

यसअघि, नेपाल धितोपत्र बोर्डले अध्यक्षका लागि खोलेको विज्ञापनमा ११ जनाबाट आवेदन परेको थियो । बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पूर्व ​कार्यकारी निर्देशक डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाईँ, अनिल पौडेल, कृष्ण आचार्य र हेमन्त बस्यालको आवेदन दिएका थिए ।

यसैगरी, समितिले बोर्डको अध्यक्षको लागि नयाँ आवेदन लिने वा पुरानैलाई निरन्तरता दिने भन्ने विषयमा नयाँ गठन हुने निर्णय गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै