Dark

१०.३२ प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?

खबरमुकाम । एभरेष्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

हिजो मंसिर ८ गते, बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २७औं वार्षिक साधारण सभा पौष १ गते, बिहीबार एभरेष्ट बैंक लिमिटेडको केन्द्रिय कार्यालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ः३० बजेदेखि हुनेछ । 

सभामा बैंकको आज कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.३२ प्रतिशत नगद गरी कुल १०.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गते एक दिन बुकक्लोज गर्ने भएको छ । तसर्थ, मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न पाउनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै