Dark

मेरो माइक्रोफाइनान्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य समायोजन

खबरमुकाम । नेप्सेमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयरमूल्य समायोजन भएको छ ।

मेरो माइक्रोफाइनान्सको २० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार २ सय रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ४ सय ४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । संस्थाको मंसिर १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको चौँथो वार्षिक साधारण सभा मंसिर २४ गते, शुक्रबार होटल वाटर टावर, विदुर, नुवाकोटमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद गरी कुल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, निफ्राको ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३३१ रूपैयाँ ४८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ३ सय ५८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको वार्षिक साधारण सभा मंसिर २९ गते अनुपम फुडल्यान्ड बत्तिसपुतली, काठमाडौँमा अनलाईनको माध्यमबाट बिहान ९ बजेदेखि सुरू हुनेछ ।

साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्नेछ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै