Dark

कांग्रेस अधिवेशन ३० जिल्लामा सम्पन्न, देउवा–पौडेलमा को बलियो ? (सूचिसहित) 

खबरमुकाम । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ३० जिल्लाको अधिवेशन सम्पन्न भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले बताए अनुसार पहिलो चरणमा १४ हिमाली जिल्ला र दोस्रो चरणमा १ मात्र निर्वाचन क्षेत्र भएका १६ जिल्लाको अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशन भएका ३० जिल्लामध्ये १६ जिल्लामा सभापति शेरबहादुर देउवा पक्षका सभापतिमा जितेका छन् । त्यसैगरी १४ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिमा जितेका छन् ।  

यी हुन् संस्थापन पक्षका जिल्ला सभापतिहरुः 

१. डोटी – नरेन्द्रबहादुर सिंह
२. डोल्पा– दीपेन्द्रबहादुर शाही
३. जुम्ला – कर्णबहादुर शाही
४. जाजरकोट – बेदराज सिंह
५. ओखलढुंगा– तेजेन्द्र खनाल
६. लमजुङ – टकराज गुरुङ
७. डडेलधुरा – भीमबहादुर साउद
८. पाँचथर – रुपनारायण जवेगु
९. सल्यान – केशबहादुर बिष्ट
१०. मनाङ – शंकर गुरुङ
११. बझाङ – खडक बोहरा
१२. हुम्ला – मोहनविक्रम सिंह
१३. ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ
१४. रामेछाप – पूर्णबहादुर तामाङ ‘कान्छाराम’
१५. मुगु – ऐनबहादुर शाही
१६. म्याग्दी – खमबीर गर्बुजा

यी हुन् संस्थापनइत्तर पक्षका जिल्ला सभापतिहरुः

१. रोल्पा –किशोर आचार्य
२. रुकुम पश्चिम– प्रेमप्रकाश वली
३. तेह्रथुम– अर्जुनबहादुर तुम्बाहाङ्फे
४. भोजपुर – विनोद बान्तावा
५. प्यूठान – विष्णुकुमार गिरी
६. अर्घाखाँची – केशव श्रेष्ठ
७. बैतडी – चतुरबहादुर चन्द
८. रुकुमपूर्व – केशरमान रोका
९. मुस्ताङ – रोमी गौचन थकाली
१०. संखुवासभा – दीपक खड्का
११. गोरखा – नन्दप्रसाद न्यौपाने
१२. दोलखा – बर्मा लामा
१३. कालीकोट – अम्मबहादुर शाही
१४. बाजुरा – रामसिंह रावल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै