Dark

एमाले महाधिवेशनका लागि रौतहटबाट २८ प्रतिनिधि चयन (सूचिसहित)

खबरमुकाम ।  रौतहटबाट नेकपा एमालेको १०औं महाधिवेशनका लागि २८ प्रतिनिधि चयन भएका छन् । चितवनमा १०–१२ मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि चयन भएको हो ।

जसमा माओवादीबाट एमालेमा आएका नेता प्रभु साहकी श्रीमती एवं मौलापुर नगरपालिकाकी मेयर रिना साहदेखि संघीय सांसद रेखा झासम्म रहेका छन् ।

हालै सभामुखमाथि माइकले प्रहार गर्न खोजेर रेखा झा चर्चामा आएकी थिइन् । उपेन्द्र प्रसाद साह, राजकिशोर यादव, उमाशंकर साह, गीतादेवी साह, कुमारी बबिता साह क्षेत्र नम्बर १ बाट छन् । क्षेत्र नम्बर २ बाट मनोजकुमार यादव, अबुल कलाम आजाद, त्रिभुवन साह, कपिलदेव पटेला, परनिया देवी, शैलेन्द्र साह रहेका छन् ।

त्यसैगरी क्षेत्र नम्बर ३ बाट सियाराम कुशवाह, मणिशंकर निधि, पलट चौधरी, नरेश साह नुरहा, विजय यादव, रिना साह, कान्तिदेवी महतो छन् । क्षेत्र नम्बर ४ बाट तुलसीराज गिरी, उद्धव प्रसाद रेग्मी, बिना साह, राजु धामी, वैद्यनाथ सहनी चयन भएका छन् ।

दलिततर्फ राजनाथ माझी, चन्द्रेश्वर वैठा, ठगा दास, मन्दुतिया देवी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै