Dark

कांग्रेस रुकुम पश्चिमले गर्‍यो सर्वसम्मत नेतृत्व चयन- सभापतिमा दोहोरिए प्रेमप्रकाश वली 

खबरमुकाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया अन्तर्गतको अधिवेशनले रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेमप्रकाश वली सर्वसम्मत चुनिएका छन् । 

रुकुम दुई जिल्लामा विभाजित भएपछि सभापतिको जिम्मेवारी पाएका वली अधिवेशनबाट पुनः सभापतिमा चएन भएका हुन् । 

उपसभापतिमा हर्कसिङ खत्री र सुरजजंग मल्ललाई चयन गरिएको छ । त्यसैगरी सचिवमा परमेश्वर भण्डारी र तारकबहादुर शाही चयन भएका छन् । 

 

सहसचिवमा यज्ञबहादुर विष्ट र प्रेमबहादुर खड्का चयन भएका छन् । सभापति वली पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता मानिन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै