Dark

२५ जिल्लामा चुनिए कांग्रेस सभापतिः देउवा र पौडेल पक्ष कसको अग्रता (सूचिसहित) 

खबरमुकाम । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत २५ जिल्लाको नतिजा सार्वजनिक भएको छ । कांग्रेसले पहिरो चरणमा १४ वटा हिमाली जिल्लाको अधिवेशन गरेको थियो भने अहिले १ मात्र निर्वाचन क्षेत्र भएका २१ जिल्लाको अधिवेशन चलिरहेको छ ।

दोस्रो चरणमा अधिवेशन भएका भोजपुर, डडेलधुरा, पाँचथर, प्यूठान, अर्घाखाँची, सल्यान, लमजुङ, जुम्ला, डोल्पा र बैतडी र जाजरकोटको जिल्ला अधिवेशन सकिएको  हो ।

अहिलेसम्म अधिवेशन सकिएका २५ जिल्लामध्ये १२ जिल्लामा संस्थापन पक्ष र १२ जिल्लामा संस्थापनइत्तर पक्षबाट सभापति विजयी भएका छन् । 

जाजरकोटका सभापति बेदराज सिंह भने हालसम्म कुनै पक्षमा पनि नखुलेको बताइएको छ । 
 

यी हुन् संस्थापन पक्षका जिल्ला सभापतिहरुः 

१. डोल्पा– दीपेन्द्रबहादुर शाही
२. जुम्ला– कर्णबहादुर शाही
३. लमजुङ– टकराज गुरुङ
४. डडेलधुरा– भीमबहादुर साउद
५. पाँचथर– रुपनारायण जवेगु
६. सल्यान– केशबहादुर बिष्ट
७. मनाङ – शंकर गुरुङ
८. हुम्ला– मोहनविक्रम सिंह
९. ताप्लेजुङ– गजेन्द्र तुम्याहाङ
१०. रामेछाप– पूर्णबहादुर तामाङ ‘कान्छाराम’
११. मुगु– ऐनबहादुर शाही
१२. म्याग्दी– खमबीर गर्बुजा


यी हुन् संस्थापनइत्तर पक्षका जिल्ला सभापतिहरुः

१. भोजपुर – विनोद बान्तावा
२. प्यूठान – विष्णुकुमार गिरी
३. अर्घाखााची – केशव श्रेष्ठ
४. बैतडी – चतुरबहादुर चन्द
५. रुकुमपूर्व – केशरमान रोका
६. मुस्ताङ – रोमी गौचन थकाली
७. संखुवासभा– दिपक खड्का
८. गोरखा– नन्दप्रसाद न्यौपाने
९. दोलखा– बर्मा लामा
१०. कालिकोट– अम्मबहादुर शाही
११. बझाङ– खडक बोहरा
१२. बाजुरा– रामसिंह रावल


नखुलेको 

१. जाजरकोट– बेदराज सिंह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
83 %
Laugh
17 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै