Dark

गोररखामा बुहारीको कुटाइबाट जेठाजुको मृत्यु 

खबरमुकाम। गोररखाको आरुघाट गाउँपालिका–४ थुमीमा बुहारीको कुटाइबाट जेठाजुको मृत्यु भएको छ।

 थुमीका  स्थानीयवासी ४९ वर्षीय चामबहादुर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

आफ्नै भाइबुहारी डल्ली बराम र उनकी छोरी निशा बरामको कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए।

 शनिबार दिउँसो कुटपिटबाट घाइते भएका चामबहादुरलाई उपचारका लागि सोमबार काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको  प्रहरीले बताएको छ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय आरुघाटबाट खटिएको प्रहरीको टोलीले कुटपिटमा संलग्न आमाछोरीलाई नै पक्राउ गरेको छ।

 पक्राउ परेका दुवैविरुद्ध ज्यान मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै