Dark

पासाङल्हामु राजमार्गमा टाटा सुमो जीप दुर्घटना, ७ जना घाइते 

खबरमुकाम ।  मंगलबार साँझ पासाङल्हामु राजमार्गमा टाटा सुमो जीप दुर्घटना भएको छ।

पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा यात्रुबाहक टाटा सुमो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

जीपले गोसाइँकुण्ड गाउँपालिका–६ मा तीन पैदलयात्रीलाई ठक्कर दिई राजमार्गबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

सामान्य घाइतेमध्ये दुई जनालाई रसुवा जिल्ला अस्पताल र गम्भीररूपमा घाइते पाँच जनालाई नुवाकोटको त्रिशूली अस्पतालमा पठाएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै