Dark

कहिले आउँछ आँचलको नयाँ फिल्म?

खबरमुकाम । केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा गायक आशिष सचिनले नायिका आँचल शर्मासँग चलचित्रमा अभिनय गर्न चाहेको बताएका थिए ।

आँचलसँग भिडियोमा काम गरेका आशिष उनको काम गर्ने शैलीबाट प्रभावित भएको बताउँछन् ।

 आशिषले आफ्नो चलचित्रमा आँचल नै नायिका हुने बताएका छन् । 

आशिषले नयाँ चलचित्र कहिलेबाट शुरु गर्छन्, त्यो भने बताएका छैनन् ।

नायिका आँचल शर्माले लकडाउन अगाडि चलचित्र ‘झिंगे दाउ’मा काम गरेकी थिइन् । 

यो चलचित्रपछि आँचलले नयाँ चलचित्र साइन गरेकी छैनन् । तर, उनले चलचित्रमा काम गर्न लागेको विषयमा समाचार भने सार्वजनिक नभएका होइनन् ।

आँचल आफैंले पनि चलचित्र निर्माण गर्न लागेको खबर बाहिरिएको थियो ।

 निर्देशक मिलन चाम्सलाई लिएर उनले चलचित्र बनाउन लागेको र यो चलचित्रका लागि नायक प्रदीप खड्कालाई अफर गरिएको भने खबर सार्वजनिक भएको थियो ।

मिलन र आँचलको चलचित्र निर्माण हुनका लागि पनि केही समय लाग्नेछ । तत्काल भने आँचलको हातमा चलचित्र छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै