Dark

पर्सामा स्थानीय मेलाका लागि दुई दिन विद्यालय बन्द 

खबरमुकाम । पर्सामा कात्तिक पूर्णिमाका अवसरमा लाग्ने मेलाका लागि विद्यालय बन्द गरिएको छ ।

पर्साको बहुदरमाई नगरपालिकामा स्थानीय मेलाका लागि दुई दिन विद्यालय बन्द गरिएको हो ।

 मन्दिरमा मंसिर ३ गते देखि  लागेको मेला मंसिर ८ गतेसम्म  चल्नेछ। 

त्यसमाथि पनि प्रधानाध्यापकहरुले मनोमानी ढंगले विद्यालय बन्द गराउन थालेको भन्दै अभिभावकले असन्तुष्टी जनाएका हुन् ।लामो समय विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ हुन सकेन ।

प्रधानाध्यापकहरुको मनोमानीका कारण बहुदरमाइका विद्यालयमा अध्ययनरत ८ हजारभन्दा बढी विद्यार्थी मर्कामा परेको अभिभावकहरुको भनाइ छ ।

 नगरपालिकाको ९ वटा वडामा १० वटा प्रावि, एउटा आधारभूत र ६ वटा माध्यमिक गरी १७ वटा सामुदायिक विद्यालय छन् । 

बहुदरमाई–२ बैरियाविर्ता दापुका राकेश यादवले मेलाका बहानामा प्रधानाध्यापकहरुले नै विद्यालय बन्द गर्नु गलत भएको टिप्पणी गरे ।

‘गाउँमा मेला छ विद्यार्थी आउँदैनन् रे ल ठीकै छ तर शिक्षक त विद्यालय जानुपर्छ नि । जति विद्यार्थी आउँछन् पढाउनुपर्छ’ उनले भने, ‘प्रधानाध्यापकहरुले नै मनोमानी ढंगले विद्यालय बन्द गरिदिने रु त्यो पनि मेला एउटा गाउँमा लागेको छ, १० गाउँमा विदा गरेको छ ।’

सबै विद्यालय आइतबार र सोमबार दुई दिन बन्द भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै