Dark

सिक्किममा फिल्म फेस्टिभल,मलाइकादेखी अनमोलको सहभागि हुने 

खबरमुकाम । भारतको उत्तरपूर्वी राज्य सिक्किममा ग्लोबल फिल्म फेस्टिभल आयोजना हुँदैछ।

उक्त कार्यक्रममा नेपाली र बलिउड फिल्म क्षेत्रका निर्माता र सेलेव्रिटीलाई समेत निम्तो दिइएको छ।

सिक्किम फिल्म प्रवद्र्धन बोर्डले फेस्टिभललाई भव्य बनाउने तयारी गरिरहेको छ ।

कार्यक्रममा बलिउडबाट मलाइका अरोराले भाग लिनेछिन् भने, नेपालबाट अनमोल केसीलाई समेत बोलाइएको छ । 

गत आइतबार सिक्किम फिल्म प्रवद्र्धन बोर्डले पोस्टर सार्वजनिक गर्दै फेस्टिभलमा सार्वजनिक हुने सेलेव्रिटी पाहुनाको नाम सार्वजनिक गरेको छ । 

नेपालबाट अनमोलसहित नम्रता श्रेष्ठ, भुवन केसी, दयाहाङ राई, विनय श्रेष्ठ, अदिती बुढाथोकीले भाग लिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै