Dark

कांग्रेस मुख्यसचिव पौडेललाई मातृशोक, सभापति देउवाले गरे दुःख व्यक्त

खबरमुकाम । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई मातृशोक परेको छ । पौडेलकी ममतामयी माता खुमकुमारी पौडेलको ८२ वर्षको उमेरमा आइतबार ग्रिनसिटी अस्पताल सामाखुशी, काठमाडाै‌मा उपचारका क्रममा निधन भएको हो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुमकुमारी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । 

 

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उहाँका परिवारका सबै सदस्यहरुलाई सदा मार्गदर्शन र उत्प्रेरणा प्रदान गर्दै आउनु भएकी खुमकुमारी पौडेलको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनको अभियानमा नै अपूरणीय क्षति पुग्न गएको छ,’ शोक वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुमकुमारी पौडेलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

।’

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै