Dark

एमालेले बोलायो स्थायी कमिटीको बैठक

खबरमुकाम । नेकपा एमालेको स्थायी कमिटी बैठक सोमबार बस्दै छ । बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्न लागिएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल हुने बताएका छन् । ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनित गर्ने विषय पनि बैठकको एजेण्डा रहेको उनले बताए ।

निर्वाचित भएर आएका बाहेक ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने स्थायी कमिटीको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन समेत गर्ने छ ।

यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा आयोजना हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
100 %

छुटाउनुभयो कि?

सबै