Dark

पत्रकारहरुले राजनीतिक दलको चुनावमा उम्मेदवारी दिएकोमा महासंघको ध्यानाकर्षण

खबरमुकाम । पत्रकारहरुले राजनीतिक दलका विभिन्न तहको चुनावमा उम्मेदवारी दिएको विषयमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
आइतबार महासंघले एक विज्ञप्ति जारी गर्दै विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरु दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेकोमा ध्यानाकर्षण जनाएको हो । 

अहिले चुनाव हुने वा प्रतिनिधि चयन हुने क्रम जारी रहेकाले विभिन्न क्षेत्रबाट आएको आलोचना र टिप्पणीलाई महासंघ केन्द्रीय समितीले गम्भीर रुपमा लिएको जनाएको छ।


 

दल वा भातृ संगठनको कुनै पनि तह वा विभागमा रहेर काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने समेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघले भनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै