Dark

 ‘कांग्रेसको कुशासन’ सहन नसकेको भन्दै बुलिङटारका ४ सय ३५ युवा एमालेमा प्रवेश 

खबरमुकाम । नवलपरासीको बुलिङटार गाउँपालिकाका ४ सय ३५ युवा नेपाली कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमाले जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति रोनशबहादुर गाहामगरले टीका अबिर र खादा लगाएर एमाले प्रवेश गराएका हुन् ।

 ‘कांग्रेसको कुशासन’ सहन नसकेको भन्दै २०४८ सालदेखि नेपाली कांग्रेसको एकछत्र रहेको गाउँका युवाहरु एमाले प्रवेश गरेका हुन् । आफूहरुले विकास र सामाजिक न्यायका लागि एमाले रोजेको एक नवप्रवेशीले बताए । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र कांग्रेस महामन्त्री डां शशांक कोइरालाको निर्वाचन क्षेत्रबाट विकास र न्यायको आशा मरेको उनीहरुले बताए । 

 

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्यहरु कृष्ण घिमिरे, टंकनाथ गिरी, टंक माकिम, बुलिङटार गाउँ कमिटी अध्यक्ष मनवीर पुलामी, स्थानीय कोशराज पौड्याल, बलराम लामिछाने, सर्गबहादुर पुलामी र टंकप्रसाद आले सहभागी थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै