Dark

खेलकुद मन्त्री अथकद्धारा नेपालगन्ज म्याराथनको उद्घाटन

खबरमुकाम । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन् । शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन् । म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले झण्डा हल्लाएका थिए भने महानायक राजेश हमालले सिठ्ठि फुकेका थिए । 

म्याराथनको उद्घाटन गर्दै मन्त्री अथकले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलाएमान गराउनुपर्ने समय आएको बताए । 

नेपालगन्ज म्याराथन भएकोमा खुसी ब्यक्त गर्दै मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सुचिकृत गराउन पहल गर्ने बताए बताए । ‘राष्ट्रका लागि खेल र स्वास्थ्यकालागि खेल’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा निति तय गरेको मन्त्री अथकले बताए । 

 

म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताए ।  विगतमासमेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खुसी ब्यक्त गरेका थिए । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तराष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै