Dark

कर्णालीका मुख्यमन्त्री शाहीले मंसिर १४ मा विश्वासको मत लिने

खबरमुकाम । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आगामी मंसिर १४ गते विश्वासको मत लिने भएका छन् । गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहीले एक महिनापछि विश्वासको मत लिन लागेका हुन् । 

प्रदेश सभा सचिवालयले बताए अनुसार मुख्यमन्त्री शाहीको विश्वासको मत लिने प्रयोजनका लागि आगामी मंसिर १४ मा प्रदेश सभा अधिवेशन आह्वान गरिएको छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको र सबै प्रदेश सभा सदस्यहरुलाई उपस्थितिका लागि सूचित गरिएको सचिवालयका निमिक्त सचिव तेजप्रकाश जोशीले बताए । 

 

शाही मुख्यमन्त्रीमा नियुक्त भएको लामो समय बितिसक्दा पनि मन्त्रिपरिषद विस्तार भने गर्न सकेका छैनन् । सत्ता गठबन्धनका दलहरुसँग मन्त्रालय बाँडफाँड र भागबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुन नसकेको हो । 

शाही नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । सरकारमा सहभागी दल माओवादी केन्द्रले ४, एकीकृत समाजवादीले ३ मन्त्रालयको दाबी गरिरहेका छन् । त्यसैगरी मुख्यमन्त्रीसहित कांग्रेसले ४ मन्त्रालयको दाबी गरिरहेको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै