Dark

मिस वर्ल्डको लागि भोट माग्दै नम्रता

खबरमुकाम । मिस नेपाल नम्रता श्रेष्ठ विश्व सुन्दरी प्रतियोगितामा भाग लिन भोलि अमेरिका प्रस्थान गर्दैछन्।

 कोरोना महामारीपछि हुन लागेको पेजेन्टलाई लिएर उनी उत्साहित पनि देखिएकी छन्।

उनको सो उत्साह हिडन ट्रेजरले हिजो (बिहिबार) राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि देखिएको थियो।

मल्टिमिडिया विधामा भोटिङ खुला भएको छ र नम्रताले आफूलाई भोट गर्न नेपालीहरुलाई आग्रह गरेकी छन्। यो विधामा छानिए सीधै अन्तिम १२ मा प्रवेश गर्ने मौका मिल्नेछ। मबस्टर एप डाउनलोड गरेर नम्रतालाई मतदान गर्न सकिनेछ।

अर्कोतर्फ, ब्यूटी विथ पर्पस विधाको लागि नम्रताको परियोजना रहेको धादिङको पुल पनि संचालनमा आएको छ। सो पुल र त्यहाँका बासिन्दाको संघर्षलाई लिएर नम्रताले तयार पारेको भिडियो पनि तयार भएको छे। यो भिडियोलाई उनले मिस वर्ल्डमा पेश गर्नेछिन्।

यसैबीच, मिस वर्ल्डमा नम्रताले पेश गर्ने परिचयात्मक भिडियो आज सार्वजनिक भएको छ। यो भिडियोमा नेपाली कलासंस्कृति, वातावरण, महत्व र हिमालय चित्रण गरिएको छ।

नम्रता विगतदेखि नै ब्यूटी विथ पर्पस र मल्टिमिडिया विधामा रहेको नेपालको दबदबालाई यसपटक पनि निरन्तरता दिने तयारीमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै